Latest
img

शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका  कार्यक्रमहरु मंसिर २७ गतेदेखि

कावासोती- कावासोती नगरपालिका २ मा रहेको शिव माध्यमिक विद्यालय ५० औं वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउँने भएको छ । आईतवार पत्रकार सम्मेलन आयोजना गरि विद्यालयले उक्त जानकारी गराएको हो । स्वर्ण महोत्सवको आगामी मंसिर २७ गते नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्धघाटन गर्ने कार्यक्रम तय भएको विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा कार्यक्रम माथि प्रकाश पार्दै प्रधानाध्यापक पौडेलले स्वर्ण महोत्सव सम्पन्न गर्न सम्पुर्णको साथ र सहयोगको आवस्यकता पर्ने बताउनुभयो ।

स्वर्ण महोत्सवका मुख्य कार्यक्रमहरुमा प्रभात फेरी, समुद्घाटन तथा स्वर्ण महोत्सव स्तम्भ अनावरण, स्थानीय सांस्कृतिक तथा मौलिक नृत्य तथा झाँँकी प्रदर्शन, विज्ञान प्रदर्शनी तथा शैक्षिक सामाग्री प्रदर्शनी, फुड फेस्टीवल, पुर्व शिक्षक तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम,विद्यार्थीका नृत्य तथा प्रतिभा प्रदर्शनी, रक्तदान कार्यक्रम तथा स्वास्थ शिविर, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, मैत्रीपुर्ण खेलकुद, जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता, नगरस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता, स्मारिका विमोचन, विद्यालयको कोपिला प्रकाशन,टोल सरसफाई कार्यक्रम तथा विविध खेलकुद संचालन गरिने स्वर्ण महोत्सवका प्रचारप्रसार समितिका संयोजक कपिलदेव भुसालले जानकारी दिनुभयो । विद्यालयको ५० औ वर्षको अवसरमा विभिन्न समयमा सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मानको समेत कार्यक्रम रहेको छ ।

शिव नमुना माध्यमिक विद्यालय कावासोती नगरको मात्रै नभई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य भएको बताउँदै आगामी दिनमा विद्यालयले शैक्षिक गुणस्तर उकास्न थप जिम्मेवार भएर लाग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पाण्डेको भनाई छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सह–प्रधानाध्यापक दीपक बहादुर विस्टले गर्नुभएको थियो ।

वि सं २०३१ साल भाद्र १ गते कक्षा १ देखि ५ सम्म प्राथमिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयमा स्तरोन्नती हुँदै हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ ।

Related Post

Leave A Comment