पुष २४, २०८१ बुधबार
कावासोती- पूर्वी नवलपरासी जिल्लामा शितलहरले जनजीवन प्रभावित बनाएको छ । बाक्लो हुस्कुसंगै शितलहर परेको हुदा जाडो अत्यन्त बढेको छ । अत्यधिक जाडोले मानिसहरु चोकचोकमा आगो बालेर ताप्न थालेका छन । बाक्लो हुस्सु संगै शितलहरका कारण सवारी संचालनमा समस्या भएको छ भने बालवालिका र वृद्धालाई सास्ती भएको छ ।
चिसो बढेसंगै व्यापार व्यवसाय पनि ठप्प रहेको कावासोती नगरपालिका २ की यसोधा पाण्डेले बताउनुभयो । शितलहरले बजारमा मानिसहरुको चहलपहल नभएपनि पसल खोल्नुपर्ने भएको हुदा चोकमा आगो बालेर भएपनि बस्नुपरेको उहाले बताउनुभयो । कावासोतीमा आज न्युनतम तापक्रम १८ देखि ११ डिग्रीको बिचमा रहेको छ । दुईदिन देखि बढेको चिसोले दैनिक जीवन प्रभावित भएको व्यवसायी युवराज न्यौपानेले बताउनुभयो । चिसो बढेसंगै चोक चोकमा व्यवसायी मिलेर आगो बालेर ताप्न थालेका छन ।
शितलहरबाट हुने सम्भावित असरलाई न्यूनीकरण गर्न जिल्ला विपद व्यवस्थापन समितिले शितलहर सम्बन्धी कार्ययोजना पारित गरी पूर्व तयारीमा जुटेको जनाएको छ । चिसोबाट बच्नको लागि जनचेतना मुलक सुचना प्रकासन प्रशारण गर्ने देखि लिएर, शितलहरबाट प्रभावित हुने स्थान सहित जिल्लाभरबाट प्रभावितहरुको तथ्याङ्क संकलन गरी राखेको हुदा सोहि अनुसार प्रभावितहरुलाई न्यानो कपडा वितरण गर्ने तयारीमा जुटेको जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । वन कार्यलयको सहयोगमा चोकचोकमा आगो बालेर ताप्नका लागि मुढाहरु समेत उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।
Leave A Comment