माघ ३, २०८१ बिहिबार
कावासोती- एन. सि. सि. अल्मुनाई एशोसिएसन जिल्ला कार्यसमिति नवलपुरले श्री राष्ट्रिय सेवा दल ( एन. सि. सि. )को मुख्यालयमा अवलोकन गरेको छ । एन. सि. सि. अल्मुनाई एशोसिएसन जिल्ला कार्यसमिति नवलपुरका निर्देशक विशाल सापकोटाको अगुवाइमा जिल्ला कार्यसमितिले एन. सि. सि.को मुख्यालयमा अवलोकन गरेको हो । अवलोकनका क्रममा अल्मुनाईको आगामी कार्यक्रम, समस्या र समस्या समाधानका विषयमा छलफल एवं अन्तरक्रिया समेत गरिएको छ ।
कार्यक्रममा नेपाली सेना अन्तर्गत श्री राष्ट्रिय सेवा दलमा कार्यरत सहायक रथी श्री महेश बस्नेत ज्यू, एन. सि. सि. अल्मुनाई एशोसिएसन केन्द्रीय कार्यसमिति निर्देशक श्री सर्जु राउत, केन्द्रीय सचिव श्री प्रमोष कार्की, अल्मुनाई काठमाडौं भ्याली कमिटी निर्देशक र सहायक निर्देशक, भक्तपुर जिल्ला कार्यसमितिका पदाधिकारी लगायत अन्य अफिसर, पदिक, लगायत सकल दर्जाका व्यक्तित्वहरु सँग अल्मुनाईको कार्यक्रम, समस्याहरू र यसको दीर्घकालीनता को विषयमा छलफल गरिएको अल्मुनाई एशोसिएसन नवलपुर जिल्ला निर्देशक विशाल सापकोटाले बताउनुभयो । जिल्लाको सम्पूर्ण कार्यसमिति नै मुख्यालय पुगी बैठक बस्ने र अन्तरक्रिया गर्ने गरेको नेपालमै पहिलो पटक भएको जनाईएको छ ।
Leave A Comment