गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी - Nepal Frontline
Latest
img

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी

पोखरा- नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मङ्गलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख गुरुङले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गर्नुभएको छ । कांग्रेस र माओवादी केन्द्रसहित ३५ जनाको हस्ताक्षरसहित नेता पाण्डेले आज मुख्यमन्त्री दावीको पत्र पेश गर्नुभएको हो । NTV

Related Post

Leave A Comment