Latest
img

आफूलाई फाइदा होइन जनभावना अनुरूप काम गर्नुपर्छः मन्त्री अर्याल

यामु कुमाल
कावासोती- आफू नेताको आँसु पुछ्न नभएर जनताको आँसु पुछ्न आएको गण्डकी प्रदेशका जलस्रोत तथा उर्जा मन्त्री सरस्वती अर्याल तिवारीले बताउनु भएको छ । मंगलबार नवलपुरको सदरमुकाम कावासोतीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले राजनीति क्षेत्रमा आफ्ना नजिकका मान्छेलाई ढाडस दिएर जनताका दुख र गुनासोलाई पाखा लगाउने काम भइरहेको भन्दै आफू नेताको आँसु पुछ्न नभई जनताको दुखसुखको मलम पट्टी लगाएर आँसु पुछ्न आएको बताउनुभयो ।

गण्डकी प्रदेशको जलस्रोत तथा उर्जा मन्त्रालय सम्हाल्दै गर्दा उहाँले अब यस प्रदेशका ११ वटै जिल्लाका कुनै पनि जनता अन्धकार र खानेपानीको अभावमा बस्न नपर्ने समेत बताउनु भएको छ । नेपाल एउटा घर र जनता आफ्ना परिवार भएको बताउदै उहाँले घर बनाउने की भत्काउने भन्ने कुरा नेतृत्वकर्तामा भर पर्ने बताउनु भयो । त्यस कारणले गर्दापनि अबका दिनमा विभिन्न राजनीतिक दलका नेताहरूले आफूलाई फाइदा हुनेगरी होइन जनताको जनभावना अनुरूप काम गर्दै जिल्ला , प्रदेश गर्दै देशलाई समृद्धिको बाटोमा लैजानु पर्नेमा उहाँको जोड छ ।

Related Post

Leave A Comment