Latest
img

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कास्कीलाई

नवलपुर- गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कास्की जिल्लाले प्राप्त गरेको छ । नवलपुर जिल्लामा आज सम्पन्न प्रतियोगितामा कास्की जिल्लाले १८ स्वर्ण, ११ रजत र २३ कास्य सहित उपाधि जितेको हो । प्रतियोगितामा बाग्लुङ्ग जिल्ला १६ स्वर्ण, ६ रजत र १४ कास्य प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ९ स्वर्ण, ११ रजत र १० कास्य सहित माग्दी जिल्ला तस्रो भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले प्रथम, दृतिय र तृतीय हुन सफल जिल्लाका खेलाडीहरुलाई क्रमश ३०, २० र १० हजार नगद सहित टर्फी प्रदान गर्नुभएको थियो । त्यस्तै आगामी वर्ष २०८१ को प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता गोरखा जिल्लामा गर्ने अधिकार प्रदान स्वरुप झण्डा हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा प्रदेशका ११ जिल्लाको ९ सय ४२ विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उसुमा सहभागी खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिती नवलपुरको व्यवस्थापनमा हिजोदेखि प्रतियोगिता शुरु भएको थियो ।

Related Post

Leave A Comment