Latest
img

नवजागरण बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका सुवास खत्री निर्वाचित

मध्यविन्दु- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका ७ मा रहेको नवजागरण बहुमुखी क्याम्पसमा नेविसंघका टाप बहादुर खत्री(सुवास) स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
नवजागरण बहुमुखी क्याम्पस  स्ववियु निर्वाचन समितिका संयोजक जीवनारायण अर्यालका अनुसार निर्वाचन कार्य तालिका बमोजिम तोकिएको   समयससिमा भित्र एक भन्दा बढी उम्मेदवारी नपरे पछि सर्वसम्मत कार्यसमिति निर्वाचित गरिएको हो ।
यस्तै सचिवमा मनिक ढकाल र कोषाध्यक्षमा सलिना कुमाल निर्वाचित हुनु भएको छ ।
प्रत्यक्षतर्फ सदस्यहरूमा रोशन थनेत, अमृता भट्टराई, तथा समानुपातिकतर्फ अञ्जली महतो, अनीश रेग्मी, अपिना न्यौपाने, सन्ध्या कँडेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । प्रत्यक्षतर्फ एक सदस्य पदमा उम्मेदवारी नपरेको र समानुपातिक तर्फ एक सदस्य पद पछि पद पूर्ति हुने निर्वाचन समितिले जनाएको छ ।

Related Post

Leave A Comment