Latest
img

२ सय ७० भूमिहीन दलितले पाए जग्गाधनी पुर्जा

नवलपुर — पुर्वी नवलपरासीमा दुई सय भूमिहीन दलितले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् । राष्ट्रिय भूमि आयोगले उनीहरुलाई पुर्जा वितरण गरेको हो ।

यसैगरी ७० जना अव्यवस्थित बसोबासीले पनि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । आयोगले बुधबार कावासोतीमा पत्रकार सम्मेलन गरेर अहिले सम्म २ सय ७० जनालाई लालपुर्जा वितरण गरेको जनाएको हो । यसैगरी १३ हजार ४ सय ९८ वटा पुर्जा वितरणको लागि अन्तिम तयारी भइरहेको र केही महिनामा नै वितरण गरिने आयोगका जिल्ला अध्यक्ष तारापति खरेलले बताए ।

जिल्लाको आठ वटा पालिकामा ३१ हजार ९३१ जनाको लागत संकलन भएकोमा पहाडी भेग बाहेक अन्य स्थानमा नाँपजाँच सुरु भएको छ । पुर्जा भने २ वटा पालिकामा मात्र वितरण भएको छ । हुप्सेकोट गाउँपालिकामा १ सय ८० वटा र मध्यविन्दु नगरपालिकामा ९० जनाले पुर्जा प्राप्त गरेका छन् । यसैगरी यसअघिको आयोगले अधुरा छोडेका कामका लागि चैत २४ गतेदेखि सूचना प्रकाशन गरेर काम सुरु गर्ने तयारी छ ।

मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा नाँपजाँचको काम सकिएको भएपनि अन्य स्थानीय तहमा भने नापजाँचको काम हुन सकेको छैन ।

Related Post

Leave A Comment