पुष २६, २०८१ शुक्रबार
नवलपुर-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) नवलपुरको अध्यक्ष अधिकारी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
शुक्रवार कावासोतीमा भएको छैठौँ साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्य समिति निर्वाचित गरेको हो । प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्षमा भीमलाल कँडेल,उपाध्यक्षमा प्रदीप बास्तोला, सचिवमा कान्तमणि चौधरी, सह सचिवमा मोहन सिंह बाक्बल, कोषाध्यक्षमा चुराबहादुर गुरुङ, सह कोषाध्यक्षमा नारायण बहादुर थापा निर्वाचित हुनुभएको छ ।
यसै गरी सदस्यहरूमा चिरञ्जीवी गौडेल, जगन्नाथ अर्याल, राधा शर्मा, लक्ष्मण कँडेल, राजेन्द्र गुरुङ, प्रदीप भुसाल, कलादेवी पाण्डे र सरस्वती सुवेदी सापकोटा सर्वसम्मत रूपमा निर्वाचित भकाएछन् ।
अधिवेशनको साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष दीपक रावतको अध्यक्षता तथा प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको थियो । यसै गरी कार्यक्रममा केन्द्रीय महासचिव आरबी कटुवाल सहित प्याब्सन केन्द्रि, प्रदेश र जिल्ला तहका व्यक्तिहरूको उपस्थिति रहेको थियो । सचिव कान्तामणी चौधरीको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भिमलाल कँडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
साधारण सभाको अवसरमा केन्द्रीय अध्यक्षले प्याब्सन नवलपुरको नयाँ भवनको उद्घाटन समेत गर्नुभएको छ । उक्त अवसरमा भवन निर्माणमा जग्गा प्रदान गर्नुहुने भोजराज दाहाललाई सम्मान गरिएको थियो ।
Leave A Comment