पुष २७, २०८१ शनिबार
चितवन- पूर्वि चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छिविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरुमा गणना गरिएको थियो ।
सिमसार क्षेत्रहरूमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चराहरू भेटिएका छन् । जसमध्ये गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चरा विज्ञ बासु विडारीका अनुसार, यसपाली कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हून् । गत वर्षसाल भेटिएका सबै प्रजातिका चराहरु यसपाली पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चराहरु देखिएका थिए ।

यस वर्ष लोथरदेखि दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट) देखि सौराहाघाट, सौराहाघाटदेखि कसरा पुल, तमोर ताल, लामी ताल, बिस हजारी र यससँग सम्बन्धित तालहरु भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताल लगायत पूर्वी चितवनको सिमसारहरुमा गरिएको थियो ।
विडारीले दुई दिन भएको गणनामा ७ हजार १५० चराहरू समावेश भएको जानकारी दिए । तीमध्ये ४ हजार १०७ चखेवा चखेवी रहेको उनले बताए । अघिल्लो वर्ष ७ हजार ५१७ चराहरु समावेश भएका थिए । अघिल्लो बर्षभन्दा चखेवा चखेवीको संख्या घटेको हो । अघिल्लो वर्ष ४ हजार ३०४ भेटिएको उनले बताए ।
सौराहाघाटदेखि कसराघाट सम्म ४१ प्रजाति भेटिएका छन् । त्यस्तै लोथरदेखि जिन्दगानी घाटसम्म २, जिन्दगानी घाटदेखि सौराहाघाटसम्म २५, विसहजारी तालमा ३०, बढुराप्तीमा २६, ढुंगरे खोला २४ मत्यविकास केन्द्रमा १८, लामितालमा १६, पटना तालमा १२ र तमोरतालमा ४ प्रजातिका चराहरु भेटिएको उनले बताए । ७ हजार १५० चरा समावेश हुँदा पानि हाँसमात्र ४ हजार १०७ वटा समावेश भएको उनले बताए । जलकौवा सानु ११७ र ठुलो ४६० वटा गणनामा समावेश भएका छन् ।
Leave A Comment