माघ ३, २०८१ बिहिबार
नवलपुर- दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत भेला हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
साधारण सभामा ५३ जिल्लाबाट करिव १० हजार प्रतिनिधि सहभागि हुने अभियानका केन्द्रीय अध्यक्ष दधिराम परियारले जानकारी दिनुभयो । साधारण सभा सम्पन्न गर्न पाँच लाख रपियाँ खर्च हुने अनुमान गरिएको र प्रतिनिधिहरुबाट आर्थिक सहयोग संकलन गरेर कार्यक्रम सम्पन्न गरिने अध्यक्ष परियारले बताए ।
जिल्लाभरीबाट दलित समुदायको पहिचानका रुपमा रहेको पञ्चेवाजा र नौमती बाजा तथा कार्यक्रमलाई थप रोचक बनाउन थारु समुदायको झाम्टा नाँच र लठ्ठी नाँच तथा मगर समुदायको कौराहा नाँच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
राजनीतिक दलहरुले घोषणा पत्रमा दलितलाई अधिकार दिए पनि व्यवहारमा पूर्ण अधिकार पाउन नसकेको र जातीय भोदभावलाई अन्त्य गर्ने अभियानलाई व्यापक गराइनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको अभियानका महासचिव भीमबहादुर विकले बताउ ।
Leave A Comment