Latest
img

स्कुल बसमा ट्राफिक चेकिङ्ग ः १६ वटा सवारी कारवाहीमा

कावासोती- पूर्वी नवलपरासी जिल्लामा स्कुल बसमा ट्राफिक चेकिङ्ग शुरु गरिएको छ । स्कुल बसमा पनि ट्रफिक नियम उल्लघंन हुने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरीले चेकिङ्ग शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले बताउनुभयो ।

स्कुल बसमा सिट क्षमता भन्दा बढी विद्यार्थी राखेर बोक्ने, विद्यालयका वसमा हुनुपर्ने प्राथमिक उपचारका साधनहरु, अत्यावश्यक सुरक्षाका उपकरणहरु नराखिएको र कतिपय बसहरुको अवस्था ठिक नभएको र बिलबुक सहितका आवश्यक कागजातहरु नबोक्ने र नवीकरण नभएको पाईएको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो ।

शुक्रवार देखि पूर्व पश्चिम राजमार्गमा विहान ९ बजेदेखि साढे १० र बेलुका ४ बजेदेखि ५ बजेको समयमा चेकजाँच गरिएको छ । गैंडाकोट र कावासोती फलफूल चोकमा गरिएको चेकिङ्गबाट अहिलेसम्म २९ वटा स्कुलबस चेकिङ्ग गरिएको छ । जसमध्ये विद्यालय बस संचालन निर्देशिका २०७४ को मापदण्ड विपरीत संचालनमा आएका १६ वटा स्कुल÷क्याम्पसका बसलाई कारवाही गरिएको प्रहरी निरीक्षक बन्जराले जानकारी दिनुभयो । विद्यालय बस संचालन निर्देशिका अनुसारको मापदण्ड पालना नगरी चलाएका बसलाई यातायात व्यवस्था ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

 

 

Related Post

Leave A Comment