माघ १४, २०८१ सोमबार
देवचुली- देवचुली नगरपालिका १ मा रहेको दिव्य एकेडेमीले वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस मिट २०८१ सुरु गरेको छ । सोमवार औपचारीक कर्यक्रमको आयोजना गर्दै एकेडेमीले स्पोर्टस मिटका कार्यक्रमहरु सुरु गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले विद्यार्थीको व्यत्तित्व विकासका लागि अध्ययन संगै खेलकुद आवश्यक रहेको बताउनुभयो । खेलकुद स्वास्थ्यका लागि पनि महत्वपुर्ण भएको हुदा विद्यालयहरुले खेलकुदका क्रियाकलापहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा प्याब्सन नगर अध्यक्ष सन्तबहादुर क्षेत्रीले शिक्षामा अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारिक,मानसिक र स्वास्थ्यमा पनि उर्जा थप्ने हुदा यो प्रभावकारी रहेको बताउनुभयो । विद्यालयका शिक्षक एवं अभिभावक समितिका अध्यक्ष अनिल बस्ताकोटीले समय सापेक्ष शिक्षालाई अनुसरण गर्दै अतिरिक्त क्रियाकलाप मार्फत पठाउदै सिकाउदै आएको बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा मनोवल उच्च हुने र अध्ययनमा रुची बढ्ने हुदा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक टिएम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नं १ का वडा सदस्य अजय थनेत,देवचुली नगर खेलकुद समितिका कार्यवाहक अध्यक्ष अम्मरबहादुर घर्तीमगर,नगर खेलकुद समितिका सचिव प्रकाश काफ्ले, समाजसेवी दिल बहादुर हमाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम अन्र्तगत पहिलो दिन वल व्यालेन्स रेस, हेड व्यालेन्स, बल इन बकेट, वेलुन रेस, सेक रेस, बेलुन जम्प रेस, चेन रेस, थ्री लेग्ड रेस, स्टेपिङ् स्टोन रेस, फ्रेण्ड क्यारी रेस, ह्वाईल बरो रेस, बोटल फिलिङ रेस लगायतका खेलहरु सम्पन्न भएका छन । भोली सम्म संचालन हुने कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक कोपिला भण्डारीले गर्नुभएको थियो ।
Leave A Comment