Latest
img

हुप्सेकोटमा मोटरसाइकलको ठक्कर वाट एक जनाको मृत्यु

हुप्सेकोटमा मोटरसाइकलको ठक्कर वाट एक जनाको मृत्यु

हुप्सेकोट- नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका ३ मा मोटरसाइकलको ठक्कर वाट एक महिलाको मृत्यु भएको छ । सेहि दुर्घटनामा परि अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति ११ बजेको समयमा हुप्सेकोट ३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनु भएकी स्थानीय ३५ वर्षीय शोभा सिग्देलको उपचारको क्रममा मृत्यु भएको हो । बाटोमा पैदल हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नं.को मोटरसाइकलले सेहि दिशा तर्फ पैदल जाँदै गरेका शोभा सिग्देल र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको गम्भीर अवस्थामा उपचार भई रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो ।
मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका २ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट २ कोलियाकै ३२ वर्षीय सोम बहादुर सोमै पनि घाइते भई उपचार भई रहेको छ ।

Related Post

Leave A Comment