Latest
img

बोलेर भन्दा पनि काम गरेर देखाउँछु ः स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । आँफूले धेरै बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ नवलपुरका स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि.सीले बताएका छन् । जि.सीले आज बिहिबार पिप्रहर टाइगर रिसोर्टमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । उनले भने, “सामाजिक रुपान्तरणका लागि युवा उम्मेदवार बोलेर हैन विकास गरेर देखाउछु”। पुस्ता हस्तान्तरण, भ्रष्टचार विरुद्ध अभियान सहित क्रस खुकुरी चिन्ह लिएर चुनावी मैदानमा होमिएको र आफ्नो जित सुनिश्चित रहेको समेत बताएका छन् । जि.सीले आँफू निर्वाचित भएपछि नवलपुर जिल्लालाई सक्षम जिल्ला बनाउने बताएका छन् । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक तथा पूर्वाधार विकास साथै युवा व्यवस्थापन र रोजगारमा आफ्नो बिशेष ध्यान रहने समेत बताएका हुन् ।
उनले नवलपुर क्षेत्र नं १ को विभिन्न समयमा विभिन्न परिर्वतन भएपनि यस ठाउँको माग अनुसार सक्षम युवा नेतृत्व नपाउँदा पछि परेको बताउँदै आफ्नो उम्मेदवारी युवा पलाइन रोक्न रहेको बताएका हुन् । उनले आफ्नो कार्यकाल एक पटक भन्दा नरहने र अर्को निर्वाचनमा अर्को नयाँ युवालाई हस्तान्तरण गर्ने समेत रहेको बताएका थिए ।
मतदाताको घरदैलो गर्ने क्रममा राम्रो प्रतिक्रया पाएको भन्दै सम्पूर्ण मतदातालाई एक पटक सोचेर युवालाई भोट प्रदान गर्न आग्रह गरेका छन् ।

Related Post

Leave A Comment