Latest
img

प्रकृतिक प्रकोप र सुरक्षित गर्भपतन

सुनिल कार्की

पाल्पा

यतिखेर नेपालभर मनसुनको प्रभावले कतै बढी कतै पहिरोको प्रकोपले जनधनको क्षति भईराखेको छ । जलवायु परिवर्तवतनको प्रभावले जेठ अन्तिम देखि ढिलोमा असार पहिलो सातबाट मात्रै नेपालमा प्रवेश गर्ने मनसुन पछिल्लो केही वर्ष यता ढिलो गरि सुरु हुन थालेको छ । जसका कारण साउन लागे देखि देशभरि नै भिषण बर्षा भईराखेको छ ।

यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोपले दुई दर्जन बढी मानिसको मृत्यु भईसकेको छ भने दर्जन बढी बेपत्ता पनि भएका छन । करोडौंको भैतिक संरचना,बाटोघाटो,पुल पुलेसामा क्षति गरेर नोक्सानी भएको छ । यसरी बर्षाले जनधनसँगै स्वास्थ्य सेवा लिन समेत कठिनाई हुने गरेको पाईएको छ । प्रकृतिक प्रकोपको यो बिपत्तिले मानव स्वस्थको अति संवेदनशील सुरक्षित गर्भपतन सेवा लिन समस्या भएको गुनासो सेवाग्राहीले गर्ने गरेका छन ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पनि बर्षायामको यो समय अवधीको असार,साउन देखि भदौं असोजसम्मको ४ महिना सुरक्षित गर्भपतन सेवा लिन असहज हुने गरेको सेवाग्राहीले बताउने गर्नुभएको छ । पाल्पा सदरमुकाम तानसेन देखि ७० किलोमिटर पश्चिममा रहेको रैनादेवी छहरा गाउँपालिका ७ बल्ढेङ्गगेढी वडाको ३७ सय जनसंख्या मध्ये २६ सय महिला दिदि बहिनि हुनुहुन्छ । यसमध्ये २० देखि ४५ वर्ष उमेर समुहका प्रजनन योग्य महिला दिदि बहिनीको संख्या १७ सयको हाराहारीमा रहेको छ । तर यी उमेर समुहका महिला दिदिबहिनी बर्खायामको ४ महिना सुरक्षित गर्भपतन सेवा लिन ४ घण्टा हिडेर रुपन्देहीको बुटवल कि गाउँपालिकाको केन्द्र छहरा आउन ६ देखि ७ घण्टा हिडेर जानुपर्ने बाध्यता रहेको सोही वडाकी स्थानिय सिता पुन मगरले गुनासो गर्नुभयो । बर्खायाममा ठुला ठुला पहिरोले सडक अवरुद्ध हुने गरेका कारण यातायाता चार महिना ठप्प हुँदा यो खालको समस्या सिर्जना भएको सिताको भनाई छ ।

भौगोलिक विकटता र त्यसमाथि चुरे पर्वतको कमजोर भुबनोटका कारण हिँउद नलाग्दासम्म पहिरो हटाउने सम्भावना नै नभएको वडाअध्यक्ष देवेन्द्र पुनले जानकारी दिनुभयो । वडाका महिला दिदि बहिनीलाई वडाभित्रै सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन बडाकै बल्ढेङ्गगेढी स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सुरु गर्ने प्रयास गरेपनि बजेट अभावमा सुरु गर्न नसकिएको वडा अध्यक्ष पुनले बताउनुभयो । आगामी बर्ष पालिका,प्रदेश र संघ सरकारसँग समन्वय गरेर सुरक्षित गर्भपतन सेवा सुरु गर्ने योजनामा वडा कार्यालय जुटेको उहाँको जिकिर रहेको छ । यता जिल्लाको पूर्वी भेग पाल्पाको माथागढी गाउँपालिका वडा नं ८ बहादुरपुरका स्थानिय महिला दिदिबहिनीको समस्या पनि उस्तै छ । यहाँका करिब ३२ सय कुल जनसंख्या मध्ये १९ सय जनसंख्या महिला दिदिबहिनीको रहेको छ । यसमध्ये प्रजनन योग्य महिला दिदिबहिनीको संख्या करिब १२ सयको हाराहारीमा रहेको छ तर उहाँहरु सुरक्षित गर्भपतन सेवा लिन आउन सक्नु र पाउनु ठुलै युद्ध जिते सरह हुने गर्दछ ।

बर्खायामा हुने सडक अवरुद्धका कारण पालिकाको एकमात्र सुरक्षित गर्भपतन सेवा लिने ठाउँ झडेवा स्वास्थ्य चौकि र परिवार नियोजन संघको सहकार्यमा सञ्चालित कसेनी स्वास्थ्य क्लिनकाबाट सुरक्षित गर्भपनत सेवा लिन निकै सास्ती हुने गरेको माथागढी गाउँपालिका वडा नं ८ बहादुरपुरकी स्थानिय माया बरालले दुखेसो गर्नुभयो । बर्खायाममा हुने गाउँठाउँका ग्रामिण सडक अवरुद्ध हुँदा सुरक्षित गर्भपत सेवा लिन आउन घण्टौं हिडेर सदरमुकाम तानसेन नै पुग्नुपर्ने बाध्यता रहेको बरालले गुनासो गर्नुभयो ।

पालिका र स्वास्थ्य सेवासँग सम्बन्धीत निकायले सुरक्षित गर्भपतन सेवालाई सहज बनाउन ध्यान दिई गाउँका बाटाघाटालाई ब्यवस्थित बनाउन सके सेवाग्राहीलाई सहज हुने अपेक्षा उहाँको रहेको छ । ८ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पा भित्र रहेका सुरक्षित गर्भपतन सेवा दिने सुचिकृत स्वास्थ्य संस्थामा अन्य समयको तुलनामा यो बर्खायामको चार महिनामा कम नै सेवाग्राही सेवा लिन आउने गरेको सेवाप्रदायक निकायको तथ्यङ्गकमा उल्लेख रहेको छ । ग्रामिण सडकको दुराअवस्था र बर्षायामा हुने यातायात सुविधको अवरोधकै कारण सेवाग्राहीको संख्या घट्ने गरेको जिल्लामा सबैभन्दा बढि सुरक्षित गर्भपतन सेवा दिदै आएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले जनाएको छ ।

यो बर्षायाम लक्षित गरि पालिकाहरुले ग्रामिण इलाकाका वडा र टोल टोलमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनुपर्ने दायित्व रहेपनि भौगोलिक कठिनाई र प्रकृतिक विपत्तीको जोखिमका कारण शिविर सञ्चालन गन नसकिएको परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपानले स्वीकार गर्नुभयो । यस्तै रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गगत भट्टराईले पालिकाको ७ र ८ नंम्बर वडाका हजारौं सेवाग्राहीलाई सुरक्षित गर्भपतन सेवा लिन कठिनाई भईरहेको गुनासो आफुमा आएको र उनिहरुको सुरक्षित गर्भपतन सेवा लिन पाउने अधिकारलाई सुरक्षित गर्न आफुले सक्दो पहल र प्रयास गर्ने बताउनुभयो । यी दुई वडामा भौगौलिक विकटता र पहिरोका कारण सडक अवरुद्ध रहेकोले जतिसक्दो छिटो सडकका पहिरो पन्छाएर सेवाग्राहीको सेवालाई सुनिश्चित गरिने बताउनुभएको छ ।

नेपालको पछिल्लो संविधान २०७२ ले ब्यवस्था गरेको संघियता पछि बनेका तीन तहका सरकार छन । तर यी सरकार आएपछि पनि दुर्गम र विकट गाउँका स्थानिय सेवाग्राही अझै पनि सेवाप्रवाहबाट बञ्चित हुनुलाई जिल्लाका सरोकारवालले समेत चिन्ता ब्यक्त गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर रावलले पाल्पा जस्तो सुगम जिल्लामै यो खालको समस्या देखिनु गम्भिर र चिन्ताको विषय भएको बताउनुभयो । महिला दिदि बहिनिको अधिकार भित्रै पर्ने विषय सुरक्षित गर्भपतन गराउ पाउनुपर्ने विषय नै बर्खायामा खोसीनु सामन्य नभएको भन्दै यसलाई सहज बनाउन मानव अधिकार तथा शान्ति समाज नेपाल जुट्ने बताउनुभएको छ ।

अन्तत.. बर्खायामा आउने विभिन्न खाला बाधा ब्यवाधान बाढी पहिरोकै अवरोधका कारण सेवाबाट बञ्चित हुनु अहिलेको तीन तहको सरकार भएको राज्य ब्यवस्थामा लज्जाबोध बनाउने विषय हो । त्यसकारण बर्षायाममा महिला दिदि बहिनीले सुरक्षित गर्भपतन सेवा नपाउने भन्ने पनि होइन तर नपाउनु दुखको विषय हो । त्यसकारण तीन तहकै सरकार र सरोकारवालले समेत घण्टौ हिडेर बेजिल्ला अथव अन्य जिल्ला पुगेर घण्टौं हिडेर कष्टपुर्ण सेवा लिन पर्ने बाध्यताको अन्यतय हुन आवश्यकता छ । यसरी सेवा प्रवाहमा आएको कठिनाईले एकतर्फ असुरक्षित गर्भ रहने डर छ भने अर्को तर्फ गाउँघरमा परम्परागत गर्भपतनका उपाय र विधि प्रयोगमा आउने जोखिम पनि कायमै रहने देखिन्छ । यसले महिला दिदिबहिनको मानव स्वस्थ्यमा गंम्भिर संकट निम्ताउने जोखिम देखिन्छ । त्यसकारण यसलाई रोक्न तीन कै सरकार संवेदनशील हुन आवश्यक छ ।

Related Post

Leave A Comment