Latest
img

यातायात कार्यालय नवलपुरले उठायो साढे २८ करोड राजस्व

नवलपुर- यातायात व्यवस्था कार्यालय नवलपुरले गत आर्थिक वर्ष २०८१–८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपियाँ राजस्व संकलन गरेको जनाएको छ ।

लक्ष्य भेटाउन भने कार्यालय असफल भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ३५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सवारी साधन करबाट सबैभन्दा धेरै २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपियाँ संकलन गरेको छ भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता किताव नवीकरणबाट ५ करोड १५ लाख १६ हजार ५५ रुपियाँ संकलन भएको कार्यालयका सिनियर मेकानिकल सुपरभाइजर धर्मेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट ३१ लाख ६६ हजार ५००, प्रशासनिक सेवा शुल्कबाट ११ लाख २ हजार ३५० र ५ हजार ४४५ रुपियाँ बेरजु रकम गरी यो राजस्व संकलन गरेको हो । आव २०८०–८१ मा २९ करोड ३९ लाख ७ हजार ३५१ रुपियाँ राजस्व संकलन गरिएको थियो ।

गत वर्षको भन्दा यो पटक ९३ लाख २० हजार २५२ कम राजस्व उठेको हो । प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर संकलन प्रक्रियालाई चुस्त दुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो । जिल्लाा धेरै सवारीसाधनले लामो समयसम्म कर नतिरेपछि कार्यालयले कर संकलन अभियान नै सञ्चालन गरेको थियो ।

Related Post

Leave A Comment