Latest
img

मध्य नेपाल साकोस गण्डकी प्रदेशको उत्कृष्ट साकोसमा सम्मानीत

नवलपुर- मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था गण्डकी प्रदेशको उत्कृष्ट साकोसमा पुरस्कृत भएको छ। नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड(नेफ्सकून) को ३६ औं स्थापना दिवसका अवसरमा प्रदेशको उत्कृष्ट साकोसको रुपमा छनोट भएको थियो । शनिवार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको नेफ्सकूनको ३२ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेशको उत्कृष्ट साकोसको सम्मान पत्र प्रदान गरिएको छ ।

देवचुली नगरपालिका वडा नम्बर १३ मा प्रधान कार्यालय रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था वि.सं. २०५४ मा स्थापना भएको हो । २३ हजार भन्दा बढी सदस्य रहेको यस सस्थाको कूल पूँजी १ अरब ३७ करोड ८० लाखख ७३ हजार रुपौयाँ रहेको छ । सहकारीको नीति अनुरुप सस्थाको विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट हुन सफल भएको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलले बताउनुभयो । सम्पूर्ण शेयर सदस्य,संचालक समिति, लेखा सुपरिबेक्षण समिति, सल्लाहकार, उपसमिति, कर्मचारी सहित सरोकारवाला सबैको साथ सहयोगले सम्मानीत हुने अवसर प्राप्त भएको भन्दै अध्यक्ष पौडेलले आगामि दिनमा पनि सबैको साथ सहयोग र सल्लाहमा सहकारीकालाई अगाडि बढाउने बताउनुभयो । जिल्लाको देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका र कावासोती नगरपालिकाका १२ वटा शाखाबाट वित्तिय सेवा प्रवाह गरिरहेको छ ।

Related Post

Leave A Comment