Latest
img

श्रीरामानुजाचार्य वैभव विग्रहको छैठौँ वार्षिकोत्सव देवघाटधाममा सुरु

 

चितवन । देवघाटधाम चितवनमा अवस्थित श्रीरामानुजाचार्य वैभव विग्रहको छैठौँ वार्षिकोत्सव तथा नववर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम देवघाटधाममा आजबाट सुरु भएको छ । बैशाख २ गतेसम्म हुने त्रिदिवशीय विशेष समारोहमा वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको उपस्थिति रहेको छ ।

आजबाट सुरु हुने समारोहमा आज बेलुका ८ बजेदेखि १२ घण्टासम्म हरिनाम संकिर्तन, बैशाख १ गते भोली श्रीरामानुजाचार्य स्वामीको जीवन दर्शनका बारेमा प्रवचनको कार्यक्रम रहेकोे जनाइएको छ ।

हरिकिर्तन वैदिक धर्मशाला, जगद्गुरु श्रीभाष्यकार भगवद्–रामानुजाचार्य वैभव विग्रहको प्राङ्गण परिसरमा कार्यक्रम हुनेछ । श्रीवैष्णवपरिषद् नेपाल, श्रीवैष्णव युवापरिषद् नेपाल र श्रीवैष्णव महिला परिषद्का चितवन, नवलपुर र तनहुँ शाखाहरु र हरिकिर्तन वैदिक धर्मशाला देवघाटधामको आयोजनामा समारोहको आयोजना गरिएको हो ।

Related Post

Leave A Comment