Latest
img

२०८० वैशाख २५-आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज वि.स. २०८० साल वैशाख २५ गते सोमवार , सन् २०२३ मे ८ तारिख ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह- आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि कमजोर रहनेछ । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो- आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ ।

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते- आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । प्रेमीको साथ पाइनेछ ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइनेछ ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द- शुभ कार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि- आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

Related Post

Leave A Comment