Latest
img

२०८० वैशाख १६-आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज वि.स. २०८० साल वैशाख १६ गते शनिवार , सन् २०२३ अप्रिल २९ तारिख ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह- आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो- साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते- टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि- बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द- आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्नेछ ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि- आज ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले पनि तीव्रता लिनेछ ।

Related Post

Leave A Comment