Latest
img

२०८० वैशाख २६-आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज वि.स. २०८० साल वैशाख २६ गते मंगलवार , सन् २०२३ मे ९ तारिख ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह- धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो – विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो- आज शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते- आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । भौतिक सुख पनि मिल्नेछ ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु- पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वादिलो परिकार पनि मिल्नेछ ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द- नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि- आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा सुरुहुने र प्रगतिको वातावरण बन्नेछ ।

Related Post

Leave A Comment