Latest
img

न्यू लुक मिस्टर नेपालको चितवन अडिसन जेठ २ गते हुँदै

वैशाख – मिस्टर नेपालको चितवन अडिसन जेठ २ गते हुने भएको छ । अडिसन भरतपुर ९ शरदपुरस्थित द स्मोक्री क्याफेमा हुनेछ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो । जसअन्तर्गत २ गते चितवन अडिसन आयोजना गरिएको मिस्टर नेपालकी बागमती प्रदेश निर्देशक प्रज्ञा तिवारीले जानकारी दिइन् । तिवारीका अनुसार अडिसनमा चितवनका सातै पालिकासहित छिमेकी जिल्ला नवलपरासी र गोरखाबाट पनि सहभागी हुनेछन् ।

चितवन अडिसनबाट करिब १० जना छनौट गरिनेछ । उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ ।

चितवनबाहेक दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ । यस्तै जनकपुरमा वैशाख ३१ गते, बुटवलमा जेठ ३, पोखरामा जेठ ६ र काठमाडौंमा जेठ १३ गते अडिसन हुनेछ । मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।

Related Post

Leave A Comment