दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह - Nepal Frontline
Latest
img

दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

काठमाडौं- राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ ।आज एक सूचना जारी गर्दै ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ ।

Related Post

Leave A Comment