Latest
img

पोखरीताल सामुदायिक वन उपभोक्ता समुहको १० औं साधारण सभा सम्पन्न

कावासोती – वन संरक्षणको प्रमुख चुनौती डढेलो र वन अक्रिमण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । पोखरीताल सामुदायिक वन उपभोक्ता समुहको १० औं साधारण सभामा बोल्ने वक्ताहरुले वन संरक्षण पहिलेको भन्दा अहिले राम्रो भएको भएपनि अतिक्रमण पनि बढ्दै गएको बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यालयका प्रमुख मेघराज पौडेलले पोखरीताल सामुदायिक वनले वन संरक्षणमा राम्रो कार्य गरेको बताउनुभयो । वन संरक्षणको प्रमुअ शत्रु वन डढेलो र अतिक्रमण भएको हुदा सामुदायिक वनहरुले आगामी दिनमा यसको नियन्त्रणको लागि प्रमुख योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर १ का वडा अध्यक्ष तवारक अहमद मियांले वन संरक्षणका लागि विगतमा गरिएका प्रयासहरुलाई स्मरण गर्दै यस वनको लागि वडाबाट गर्नुपर्ने आवश्यक सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका करुणा कार्की, दिपकराज पण्डीत, श्री नम्बर २ तथा पर्यावन सुरक्षा गणका धिराज घिसिङ्ग सहित वडा भित्र रहेका विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधीहरु, सस्थाका सदस्य र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा सस्थाका अध्यक्ष हिमाल श्रेष्ठले आर्थिक वर्ष ०८०÷०८१ को प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । गरिबी न्यूनीकरणका लागि महिला सशक्तिकरण तथा उद्यमशिलताका लागि लेमन ग्रास, बेसार, अदुवा, अमृसो जस्ता आयआर्जन हुने बोट विरुवा लगाउने, वन्यजन्तुहरुको संरक्षण र विकासको लागि सम्भावित क्षेत्रमा पानी पोखरी निर्माण गरिने, वन अतिक्रमणलाई मध्यनजर गर्दै वन विकास संरक्षण र संवद्धन गर्ने कार्यलाई तिव्रता दिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सचिव मोहमद हुसेन मियांले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष चन्द्रकला सापकोटा अर्यालले अर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वनले सामाजिक कार्य अन्र्तगत जनता माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नम्बर ल्याएका कुशल न्यौपानेलाई सम्मान समेत गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १ मा रहेको यस वन २ सय २३ हेक्टरमा फैलिएको छ भने यहा ४ सय ३४ उपभोक्ता सदस्यहरु रहेका छन ।

Related Post

Leave A Comment