Latest
img

पूर्वी नवलपरासीमा वैदेशिक रोजगारीमा गएका ४० जनाको एक वर्षमा मृत्यु

पूर्वी नवलपरासी

पूर्वी नवलपरासी जिल्लामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन । आर्थिक वर्ष २०८०÷०८१ को अहिलेसम्म वैदेशिक रोजगारीमा गएका ४० जनाको मृत्यु भएको हो । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन (सामी)ले आज कावासोतीमा पत्रकारसग गरेको छलफलमा वैदेशिक रोजगारीमा गएको र सुरक्षित आप्रवासनमा घटना दत्ता भएकोमा ४० जनाको मृत्यु भएको जनाईएको छ ।

वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष पुरुष ३६ र महिला ४ गरी ४० जनाको विदेशमा मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १०, गैंडाकोट ६, मध्यविन्दु नगरपालिका १०, विनयी त्रिवेणी गाउँपालिका २ र अन्य स्थानीय तहमा १५ जना रहेका छन । धेरै रकम खर्चेर विदेश जादा आम्दानी बढि गर्ने दबाजका कारण धेरै समय काम गर्दा विरामी हुने दुर्घटनामा पर्ने भएर मृत्यु हुने गरेको कार्यक्रमका सूचना तथा परामशएदाता रञ्जना लम्सालले बताउनुभयो । खाडि मुलुकमा मृत्यु भएकाहरुको शव ल्याउन समय धेरै लाग्ने हुदा यो समस्या चुनौतीको रुपमा रहेको उहाले बताउनुभयो ।

संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगार सम्बन्धी जिल्लामा २ सय ४८ मुद्दा दर्ता भएका छन । तथ्याङ्क अनुसार सबैभन्दा धेरै ठगी सम्बन्धी मुद्धा रहेको छ । २ सय ४८ मुद्धामा १ सय ३९ ठगि सम्बन्धी केश रहेका छन । जसमध्ये ४३ वटा समाधान भएको छ । त्यस्तै ४० जना वैदेशिक रोजगारमा गएकाको मृत्यु भएकोमा २२ जनाको शव नेपाल ल्याइ सम्वन्धित परिवारलाई बुझाइएको छ । उद्धारका ७, अन्य प्रकृतिका ७ वटा मुद्दा रहेका छन् । सुरक्षित आप्रवासन कार्यक्रम मार्फत दर्ता भएका मध्ये ८६ मुद्धाको समाधान गरिएको र यसबाट पिडितलाई ४ करोड १६ लाख ४५ हजार क्षतिपूर्ति उपलब्ध गराईएको सोतीले बताउनुभयो ।

जिल्लामा सञ्चालित कार्यक्रममार्फत् सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिरहेको छ । सूचना तथा परामर्श सेवा प्रवाहमा १६ हजार ८ सय १५ जनालाई परामर्श प्रदान गरिएको छ । सीप तालिम अन्तर्गत १५ जना पुरुष र २३ जना महिला गरी ३८ जनाले (प्लम्बर,किचन हेल्पर,स्काफोल्डिङ्ग, इलेक्ट्रसियन)को तालिम लिएका छन । मनोसामाजिक परामर्श १ सय २१ जनालाई प्रदान गरिएको तथ्याङ्क रहेको छ । त्यस्तै वित्तिय साक्षरता कक्षामा ४ सय ३० जनालाई तालिम दिईएको छ । तालिम पश्चात दैनिक हिसाब किताव राख्ने, व्यवसायिक योजना तयार गर्ने, व्यवसाय शुरु गर्ने र व्यवसायलाई विस्तार गरेको संयोजक सोतीले बताउनुभयो ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुषालले विद्यालय तहमा तथा जिल्लाका अन्य ४ पालिकामा यस कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो । अभाव ,गरिवी र विपन्नताले गर्दा वैदेशिक रोजगार रोज्न बाध्य भएको भन्दै स्वदेशमा नै स्वरोजगार बनाउन लाग्नुपर्ने बताउनु भयो । राजनीतिक अस्थिरताले पछिल्लो समय यूवा विदेश पलायन भइरहेकाले उनिहरुलाई रोक्नका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनु भयो । कावासोती नगरपाकिाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले वैदेशिक रोजगारीका क्रममा समस्या उत्पन्न नहुने गरी पहिले नै त्यस्को विकल्प खोजी कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । परिस्थिति अनुसार मनस्थिति बनाउन पर्ने भएकाले आवश्यकता अनुसार पालिका लाग्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले सूचनाको पहुँचलाई अझै वृद्धि गर्नुपर्ने बताउँदै नागरिकलाई सुरक्षीत गराउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नागरिक ठगिन नदिन, विदेशमा झमेलामा नपरुन भन्नका लागि पालिकाले समेत सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । गण्डकी प्रदेशबाट वैदेशिक रोजगार जानेमा नवलपुर दोस्रो जिल्लामा रहेको छ । जिल्लाबाट पासपोर्ट बनाउनेलाई अनिवार्य रुपमा सूचना प्रदान गर्ने गरिएको छ । कावासोती, गैँडाकोट, मध्यविन्दु र विनयी त्रिवेणी पालिकासँगको सहकार्यमा हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)ले सुरक्षीत आप्रवासन (सामी) मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

Related Post

Leave A Comment