Latest
img

समृद्ध देश निर्माण कृषिबाट मात्रै संभवः मन्त्री श्रेष्ठ

कावासोती- गण्डकी प्रदेश कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले समृद्ध देश निर्माण कृषिबाट मात्रै संभव भएको बताउनु भएको छ ।
कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना कृषिबाट मात्रै संभव भएको हुदा अब बाझो जमिनलाई उत्पादनमा जोड्ने कार्ययोजना अगाडि बढाएको बताउनुभयो । बाझो जमिनलाई लिजमा लिएर उत्पादन कार्यमा लगाउन स्थानीय सरकार संग समन्वय गरिरहेको बताउनुभयो । कृषकहरुको गुनासोलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो “तपाईहरु उत्पादन वृद्धिमा जोड दिनुहोस बजार व्यवस्थापनको लागि सरकारले जिम्मा दिनुपर्छ । त्यसको लागि तिनै तहको सरकार संग छलफल र अन्तरक्रिया भैरहेको छ । ”

गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले चिस्यान केन्द्रको अभावले गर्दा पनि किसानले उत्पादनको मुल्य नपाएको भन्दै अब किसानको आवश्यकता अनुसारका कार्यक्रम ल्याउनुपर्ने र समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो । कृषि उपजको आवश्यक बजार व्यवस्थापन र समर्थन मुल्य नहुदा विचौलिया बढेको हुदा यसको अन्त्यका लागि प्रदेश सरकारले आवश्यक कार्यविधि ल्याउने बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख बावुराम विश्वकर्माले किसानहरुलाई उत्पादन अनुसार वग्रिकरण गर्न आवश्यक रहेको बताउनुभयो । सबै किसानलाई एकै ठाउँमा राखेर हेर्दा अन्याय हुने भन्दै प्रमुख विश्वकर्माले उत्पादनमा आधारित अनुदान दिनुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा.शर्मिला कुमाल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख डा.देवराज अधिकारीले बार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा किसानहरुले चैते धानको मुल्य नपाएको, अहिलेसम्म विक्री हुन नसकेको, अनुदान पारदर्शी, बजार व्यवस्थापन जटिल समस्या भएको लगाएतका समस्या समाधान गर्न आग्रह गरेका थिए । भारतिय कृषि उपचहरुको प्रयोगले स्थानीय उत्पादन विक्री नभएको हुदा आयातीत फलफूल तरकारीमा भ्याट रकम बढाउनु पर्नेमा जोड दिएका थिए ।

Related Post

Leave A Comment