Latest
img

स्वतन्त्र उम्मेदवारी दिएका कंडेलले लिए उम्मेदवारी फिर्ताः राष्ट्रिय प्रजातन्त्र पार्टीका थापालाई सघाउने

नवलपरासी(बर्दघाट सुस्ता पूर्व)
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) तर्फबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको सरोज कंडेलले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
समाज रुपान्तरणको अभिलासा बोकेर आगामी निर्वाचनमा उम्मेदवारी दिएपनि आफुजस्तै युवा र भिजन सहितको उम्मेदवार भेटेको हुदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापालाई सघाउने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । लामो समय वैदेशिक रोजगारीमा रहनु भएका कंडेल हिमानी ट्रष्टमा आबद्ध रहनुभएको छ । स्वतन्त्र उम्मेदवार कंडेलले उम्मेदवारी फिर्ता गरी आफुलाई सहयोग गर्ने प्रतिवद्धता प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सन्तोष थापाले खुसी व्यक्त गर्नुभयो । युवा भावनाको सम्मान र देशको विकासका लागि नै चुनावी मैदानमा होमिएको बताउदै, थापाले अब समृद्ध देश निर्माणमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

Related Post

Leave A Comment