Latest
img

उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्म

काठमाण्डौ – मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन निर्वाचन आयोगले आज दिउँसो सम्मको समय दिएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने छन् ।
उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । आज दिउँसो १ बजेदेखि ३ बजे सम्ममा आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Related Post

Leave A Comment