पुष ३, २०८१ बुधबार
देवचुली-पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले विद्यार्थीहरुको ज्ञान र सिपलाई प्रस्फुष्टन गर्ने उदेश्यले विद्यार्थी सिप मेला प्रर्दशन गरेको छ । लोप हुदै गएको परम्परागत सिप र नयां प्रविधीको विकासका विषयहरुलाई विद्यार्थीले मेलामा प्रर्दशन गरेका छन । विद्यार्थीहरुलाई अतिरिक्त शिक्षा अन्तरर्गत प्रत्येक विद्यालयमा सिकाईएको सिपलाई एकै स्थानमा प्रर्दशन गर्दा अन्य विद्यार्थीहरुलाई पनि सिकाई हुने भएकाले विद्यार्थी सिप मेलाको आयोजना गरिएको नगर प्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभयो ।
परम्परागत सिपलाई उजागर गर्दै प्राविधीक विषयहरुलाई विद्यार्थीहरुले मेलामा प्रर्दशन गरेको हुदा यसले विद्यार्थीको सिर्जनशीलता देखाएको छ । त्यसैले उत्पादनलाई प्रविधि संग जोड्नका लागि नगरपालिकाले योजना बनाएर विद्यार्थीहरुमा हौसल्ला बढाउन सिप मेलालाई निरन्तरता दिने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।
विद्यार्थी सिप मेलामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले प्रदशर्नी स्थलमा नै हलो बनाउने , डोको बुन्ने , गुन्द्री बुन्ने , टपरी लगाउने , भजन गाउने जस्ता सिप मुलक कामको प्रदशर्नी गरेका थिए । किताबी ज्ञान बाहेक प्रयोगात्मक सिप र परम्परागत सिप , ज्ञान र प्रविधीको संरक्षण र नयां पुस्तालाई जानकारी गराउन सहज भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्रसाद शर्माले बताउनुभयो । जनज्योती नमुना माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रदशर्नीमा नगरभित्रका सामुदायिक र सस्थागत गरेर २६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
Leave A Comment