पुष ५, २०८१ शुक्रबार
नवलपुर — पूर्वी नवलपरासीमा सन् २०२४ मा महिला तथा घरेलु हिंसाका ९० वटा घटना भएको तथ्यांकले देखाएको छ । जसमध्ये ६३ वटा उजुरी मेलमिलापमा मिलापत्र गरिएको छ भने २७ वटा उजुरीमा कानुनी दायरामा ल्याइएको तथ्यांक सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमबीच यस्तो तथ्यांक सार्वजनिक गरेको हो । जसमध्ये बलात्कारका घटना १७ वटा, यौन दुर्व्यहार ४, घरेलु हिंसा ३ वटा भएका इन्सेक जिल्ला प्रतिनिधि दयाराम आचार्यले बताए । जिल्लामा ज्यादतीका घटनामा २७ जना महिला र ४ जना पुरुष पीडित भएका छ्न् ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले मानव अधिकारको रक्षामा राज्य र गैरराज्यपक्ष गम्भीर हुनुपर्ने बताए ।
Leave A Comment