मंग्सिर १८, २०७९ आइतबार
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ ।
केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै चुनावमा असहयोग गर्नेको नाम जिल्ला एवम् प्रदेश अनुशासन समितीमा परेको उजुरी पठाउन भनेका हुन् ।
जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेको पुस १५ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ ।
Leave A Comment