Latest
img

देवचुली मार्टको निशुल्क स्वास्थ्य शिविरः दुई सय बढीले सेवा लिए

नवलपुर- देवचुली मार्ट प्रा.ली दलदलेको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य लाभ लिएका छन ।
शनिवार मनकामना अस्पताल प्रा.ली भरतपुर र भविष्य पोलिक्लिनिक केउरेनीको सहयोगमा देवचुली मार्ट प्रा.लीले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको देवचुली मार्टका प्रमुख सुनिल न्यौपानेले जानकारी दिनुभयो ।

शिविरमा मनकामना अस्पताल प्रा.लिका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ दिपक बन्जाडे, मुटु, छाती सम्बन्धी विशेषज्ञ अमृत श्रेष्ठ र जेनरल फिजिसियन द्वारा स्वास्थ्य चेकजाच गरी निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

आफ्नै घर आगनमा स्वास्थ्य शिविर संचालन हुदा सामान्य देखि नशा सम्बन्धी रोगको चेकजाच गर्न पाउदा खुसी लागेको शिविरमा सहभागीहरु स्थानीयहरुले बताइएका छन ।

Related Post

Leave A Comment