Latest
img

कोटीहोममा महायज्ञ सुरु,धर्मशालाको मन्त्री पाण्डेद्वारा शिलान्यास

गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा सोमबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । सहरी विकास मन्त्री बिक्रम पाण्डेले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन एवं यस स्थानमा बन्ने धर्मशालाको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री पाण्डेले धार्मीक सोचले थालिएको महायज्ञमा सबैको सहभागिता हुनुपर्ने बताए । यो यज्ञमा व्यस्तताका बावजुत पनि आर्शिवाद ग्रहणकै लागि आएको बताएका मन्त्री पाण्डेले सबैलाई यज्ञमा आएर सफल बनाउन आग्रह गरे । यस यज्ञले शान्ति स्थापनामा टेवा पु¥याउने विश्वास पनि उनले व्यक्त गरे । उनले आफ्नो मन्त्रालयको परिधीभित्र रहेर गर्नुपर्ने काम गर्न तयार रहेको समेत बताए । मन्त्री पाण्डेले आवश्यक सुविधायुक्त अतिथि गृह (धर्मशाला) भवनको शिलान्यास गरेका हुन् । करिब १६ करोडको लागतमा ५ तले अत्याधुनिक भवन बन्ने श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमका पिठाधिस योगी खेचरनाथले जानकारी दिए ।

श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गरेको हो । फागुन १ गतेसम्म सञ्चालन हुने महायज्ञमा आई पुण्य कमाउन हुन आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले आग्रह गरे । करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको कोटीहोममा आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको मन्दिरका अध्यक्ष मनहरी कंडेलले बताए । स्वागत मन्तव्य व्यक्त गर्दै महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको महासचिव नरहरि सापकोटाले बताए ।

महायज्ञका सह–संयोजक एवं आर्थिक समितिका संयोजक वेदप्रसाद गौडेलले सहजीकरण गरेको सो कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, जनप्रतिनिधि धार्मिक संघसंथाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Related Post

Leave A Comment