Latest
img

गण्डकी प्रदेशले आज स्थापना दिवस मनाउँदै : प्रदेशभर सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

गएको चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा भएको हो । प्रदेश सरकार गठन भएपछि २०७४ साल फागुन ४ गते गण्डकीको मुख्यमन्त्रीका रुपमा पृथ्वीसुब्बा गुरूङले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

गण्डकी प्रदेशमा कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहेका छन् ।

Related Post

Leave A Comment