Latest
img

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरको संग्राहलय भवनको सिलन्यास

नवलपुर । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरको संग्राहलय भवनको सिलन्यास गरिएको छ । कावासोती ६ मा बन्ने संग्राहलय भवन करिब ३ कट्ठाको क्षेत्रफलमा बन्ने छ । ३ बर्ष भित्रमा भवन बनाउने लक्ष्य लिएको छ । भवनको शिलन्यास गर्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश विजिले नवलपुर लोकदोहोरीको प्रतिष्ठानको उद्यम स्थल रहेको बताउनुभयो । उहाँले भवनको निमार्ण पछि संस्कृति प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरेले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको भवन निर्माण हुँदा काम गर्न सहज हुने बताउनुभयो । उहाँले संग्रालय निर्माणका लागि सबैसँग आर्थिक सहयोगको आह्वान गर्नुभएको छ । विभिन्न सँस्कृति धर्म मान्ने मानिसहरुका लागि संग्रालय निर्माण गर्न लागेको उहाँले बताउनुभयो । संग्रालय भवन शिलन्यास कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पुर्व अध्यक्ष दुर्गाराई माझि, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपुरका प्रवक्ता विक्रम पौडेल, कावासोती नगरपालिका ६ का वडा अध्यक्ष यमबहादुर थापा एवं जनप्रतिनिधिहरु, कलाकारहरुको उपस्थिति रहेको थियो ।

Related Post

Leave A Comment