Latest
img

निःशुल्क स्वास्थ्य शिविरबाट दुइ सय लाभान्वित

कावासोती
राधा क्यान्सर सचेतना फाउन्डेसनको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट दुइ सय लाभान्वित भएका छन् । कावासोती २ को नवदुर्गा सामुदायिक वनमा भएको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा विशेष गरी स्त्री तथा प्रजनन स्वास्थ्य परीक्षण गरिएको थियो ।
राधा क्यान्सर सचेतना फाउन्डेसन को आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा मनकामना अस्पताल भरतपुर , राजु पोलिकिलिनिक दलदले, नवदुर्गा सामुदायिक वन , नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपुरले सहजिकरण गरेका थिए । शिविरमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.मोना श्रेष्ठ, मेडिकल हेपाटोलोजिष्ट डा. रुपेशश्रेष्ठ, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा शंकर ढकाल , डा देवेन्द्र गौतम लगायतल सेवा दिनुभएको थियो । साथै शिविरमा उपस्थित हुन नसकेका वृद्धवुद्धालाई घरमै पुगेर सेवा दिइएको थियो ।

स्वास्थ्य परीक्षण गर्न आउनु भएकी शोभा शर्माले गाउँघरमा यसरी स्वास्थ्य सेवा प्रदान गरेकोमा खुसी हुँदै आगामि दिनमा पनि यस्ता कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य समाज निर्माणमा सबै को भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो “हामी जस्ता वृद्धावृद्धालाई समयमै रोगको पहिचान भएमा मानिसको ज्यान जाने खतरा न्यून हुने र औषधी उपचारमा पनि कम खर्च लाग्ने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गर्ने गदिनुस । ” कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश शर्मा बस्यालले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । शिविरमा बिरामीहरूलाई औषधि सहयोग गरिएको थियो ।

Related Post

Leave A Comment