Latest
img

संस्कार शिक्षा सिकाउँदै नवलपुरको युनिक स्कूल

गैंडाकोट
बुधबार विद्यालयको कार्यक्रममा उपस्थित अधिकांश अभिभावकसंगै विद्यार्थीहरुका आँखा रसाएका थिए। विद्यार्थीहरुले आफ्नो संस्कार अनुसार बुबाआमालाई ढोग्दै गर्दा अभिभावकहरु भक्कानिएका थिए। नवलपुरको गैडाकोट नगरपालिकामा रहेको युनिक सेकेण्डरी इङ्ग्लिश स्कुलले आयोजना गरेको कार्यक्रममा देखिएको उक्त दृश्य अरु कार्यक्रम भन्दा पृथक र विशेष देखिन्थ्यो।

पछिल्लो समय हराउंदै गएको संस्कार तथा सम्मान गर्ने प्रवृतिलाई संरक्षण गर्दै विद्यालयमा नै संस्कार शिक्षा दिनुपर्छ भन्दै अहिलेको पुस्ताहरुलाई यसको महत्व दर्शाउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले बताउनुभएको छ।

प्रिन्सिपल शर्माका अनुसार यस प्रकारको कार्यक्रम गण्डकी प्रदेश तथा जिल्लामा पहिलो भएको बताउनुहुँदै यस कार्यक्रमले पछिल्लो समय बढ्दै गइरहेको पारिवारिक दुरी मेटाउन समेत महत्वपुर्ण भूमिका खेल्ने बिचार ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो बुवा आमाको खुट्टा ढोग्दै आफ्नै हातले स्वादिष्ट परिकार खुवाएका थिए भने उपहार समेत दिएका थिए। विद्यार्थीहरुले आफैले लेखेका कविता , लेख संगै गित गाउँदै गर्दा अभिभावकहरु भावुक भएका थिए।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विधार्थीहरुले आफ्नो बुवा आमा प्रति माया देखाउन सिकाएकोमा अभिभावकहरुले विद्यालयलाई धन्यवाद दिंदै विद्यार्थीहरुलाई आफ्नो अभिभावकहरुले उनीहरुको लागी गरेको त्याग र परिश्रमलाई बुझ्न आग्रह गरेका थिए।

Related Post

Leave A Comment