Latest
img

हिंसा न्यूनिकरणमा आमा समूहका सदस्यहरुको भूमिका विषयमा अभिमुखीकरण सम्पन्न

देवचुली- हिंसा न्यूनिकरणमा आमा समूहका सदस्यहरुको भूमिकाको बारेमा देवचुलीमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देवचुली वडा नं १० र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र क्यान्नलनको सहयोग र शान्तिदिप युवा क्लब र नवलपुर किशोरी संजालको सहकार्यमा कार्यक्रम सप्पन्न गरिएको हो ।

वार्ड नम्बर १० भित्र रहेका १० आमा समूहका सदस्यहरुलाई हिंसा न्यूनिकरण सम्बन्धि अभिमुखीकरण गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विन्दु वि.क ले समाजमा महिला माथि हुने शारिरिक, मानसिक र यौनजन्य हिंसाका अवस्था र कारणहरुको विषयमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले महिलाहरुले र किशोरीहरुले आफू माथि हुने जुनसुकै हिंसालाई पनि प्रतिकार गर्न सक्ने क्षमता हुनुपर्ने र त्यसको विरुद्धमा आवाज निकाल्न सक्ने हुनुपर्ने बताउनुभएको थियो । महिलाहरुले कुनै पनि घटनालाई लुकाएर भन्दा पनि आवाज उठाउन सके घर, समाजसँगै देश परिवर्तन हुन सक्ने कुरामा जोड दिनुभएको थियो ।कार्यक्रममा देवचुली नगरपालिका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले समाजमा सामाजिक बिकासमा आमा समूहको भूमिका कस्तो रहन्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले आमा समुहले उदेश्य निर्माण र कामहरु गर्दा भौतिक बिकास मात्र नभयर समाजका अन्य विविध बिषयको बारेमा समेत आवाज उठाउनु पर्नेमा सहजीकरण गर्नु भएको थियो । साथै सस्थाले निर्माण गर्दै गरेको किशोरी अध्ययन केन्द्रको उदेश्य र यसको महत्वको बारेमा बताउनु भएको थियो ।

कार्यक्रममा सहभागिता जनाएका आमा समूहरुले कार्यक्रमले आँफूहरुमा समूहमा रहँदाको जिम्मेवारी के हो भन्ने कुरा सिकाएको बताएका थिए । समूहमा बसिरहँदा पनि आँफूहरुलाई धेरै कुरा थाहा नभएको र आजको यस कार्यक्रमले धेरै कुरा सिकाएको बताएका थिए । साथै हिंसा न्यूनीकरणका लागि सवैको समान भुमिका रहने र आमा समुहले पनि अव यसको लागि काम गर्ने बताउनु भयो ।

कार्यक्रममा देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सम्पूर्ण महिला दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै दिवसलाई प्रत्येक दिन मनाउनुपर्ने बताउनुभएको थियो । उहाँले नारी दिवसको अवसर पारेर वडा भित्र रहेका आमा समूहहरुको समाजमा रहने भूमिका विषयमा कार्यक्रम संचालन गरिएको र कार्यक्रममा महिला दिदीबहिनीको उल्लेखनीय सहभागिता देखेर खुशी लागेको बताउनुभएको थियो । समाजमा हुने हरेक क्रियाकलापमा आगामी दिनमा पनि महिला दिदीबहिनीहरुको यस्तै सहभागिताको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १० का वडासदस्य, जागृती बाल तथा यूवा सरोकार नेपालका महा–सचिव दिपक शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले गर्नुभएको थियो ।

Related Post

Leave A Comment