Latest
img

लायन्स क्लव अफ देवचुली सप्तरङ्गीद्वारा शैक्षिक सामाग्री वितरण

नवलपुर
लायन्स क्लव अफ देवचुली सप्तरङ्गीले नेपाल धर्ति प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवको सामाजिक कार्य अन्तरर्गत देवचुली ५ मा रहेको विद्यालयका ४० जना विद्यार्थीहरुलाई झोला सहितका शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका लायन टि एम पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आर का भ्वाइस डिस्ट्रिक गभर्नर,लायन्स क्लव अफ भरतपुर सप्तरङ्गीका सेकेन्ड भिडिजी लायन दिनानाथ न्यौपाले क्लवको सहयोगले विद्यार्थीको पढाईमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरको विकट क्षेत्र मानिने वन्दिपुरमा अव विकास शिक्षा संग जोड्नु पर्ने भन्दै विद्यार्थी सख्या कम भए पनि शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका अध्यक्ष लायन पौडेलले क्लवले गर्ने विविध सामाजिक कार्यक्रम अन्तरर्गत शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिदै आगामी दिनमा कुनै सहयोग आवश्यक परेमा क्लव गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जोन चियर पर्सन लायन शरद खरेल सरोज, विद्यालयका प्रधानाध्यपक शिव शर्मा, वडा सदस्य यहुना दिवस सोमै मगर, लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका सल्लाहाकार प्रमिला अधिकारी, कार्यक्रम संयोजक सेकेन्ड भिपि रेनुका न्यौपाने, फस्ट भिपि जगन्नाथ अर्याल, सहसचिव मैयां हमाल सहित लायन सदस्य बिनोद शिलवाल, अप्सरा पौडेल, गोमा लामिछाने, गिता भट्टराई विजय पंगेनीको उपस्थिती रहेको थियो । कार्यक्रमलाई त्रिशक्ति स—मिलले सहयोग गरेको थियो । कार्यक्रमको संचालन लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका सचिव सुनिल न्यौपानेले गर्नुभएको थियो ।

Related Post

Leave A Comment