Latest
img

कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा छलफल

नवलपुर- नवलपुरको कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल गरेको छ । जिल्लाको सदरमुकाम कावासोती रहेको क्याम्पसले ग्रामीण विकास , समाजशास्त्र, सामाजिक अध्ययन , लगायतका विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त छलफल कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानिय तहमा निति निर्माण , योजना , वातावरणमैत्री विकास , कार्यान्वय, प्रभावकारी अनुगमन र मूल्याकनका विषयमा खुला छलफल गरिएको थियो । कार्यक्तमलाई सम्वोधन गर्नु हुँदै नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले विद्यार्थीहरुलाई विश्वभर अहिले वातावरण र विकास साझा चुनौतीका रुपमा रहेको बताउनुभयो । यस्तै गरी उहाँले वातावरण सम्वन्धी नेपालको सन्दर्भमा तिन तहका सरकारले नै विभिन्न ऐन, कानुन, नीति , निर्माण गरिने लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

यस्तैगरी कार्यक्रममा क्याम्पसका प्राध्यापक विकास थापाले ग्रामीण विकासका बारेमा जानकारी गराएका थिए । कार्यक्रम वातावरण पत्रकार मञ्च र कुमारवर्ती बहुमुखी क्याम्पस मानविकी संकायको संयुक्त आयोजनामा गरिएको हो ।
कार्यक्रममा वातावारण पत्रकार मञ्चका अध्यक्ष शालिकराम कोइराला, प्रमख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, पूर्व न्यायधिश् ऋषि अधिकारी, कुमारवर्ती बहुमुखी क्याम्पसका प्रमुख गुरुप्रसाद सुवेदी , मानविकी संकायका प्रमुख जेवी सुनार , व्यवस्थापन संकायका प्रमुख विष्णु न्यौपाने, शिक्षा संकायका ईश्वर चापागाइ, स्वतन्त्र विद्यार्थी यूनियन कुमारवर्ती बहुमुखी क्याम्पसका सभापति सुदिप चापागाई लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

Related Post

Leave A Comment