Latest
img

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा निशुल्क आँखा शिविरः एक सय पचास जना लाभान्वित

कावासोती-पूर्वी नवलपरासीको कावासोतीमा संचालित एक दिने निशुल्क आँखा शिविरमा एक सय पचास जना लाभान्वित भएका छन् । नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवशको अवसरमा नेपाल पत्रकार महासंघ नवलपुर र रोटरी क्लव कावासोतीको सयुक्त आयोजना एवं मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीको प्राविधिक सहयोगमा कृयाशिल संचारकर्मीहरूका लागि निःशुल्क आँखा शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो ।

आँखा परीक्षणमा ८० प्रतिशत संचारकर्मीमा दृष्टिदोसको समस्या रहेको मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीका प्राविधिक प्रदिप भट्राईले बताउनु भयो । आँखा परीक्षणसँगै निःशुल्क औषधि वितरण गरिएको छ । चस्मा लगाउनुपर्ने अवस्था भएकालाई निःशुल्क चस्मा वितरण गरिने पनि उहाँले बताउनुभयो । नवलपुर जिल्लामा आबद्ध स्थानीय सञ्चारमाध्यम नवलपुर एफएम, मध्यविन्दु एफएम, दपर्ण एफ, ह्याप्पी एफएम, कावासोती एफएम, बुद्धदर्शन टेलिभिजन, नमुनासन्देश, हुलाकी दैनिक, दाउन्ने साप्ताहिक र विभिन्न अनलाईनसगै गोरखापत्र, कान्तिपुर दैनिक, नेपाल टेलिभिजनसहित राष्ट्रियस्तरका सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी लगाएत सर्वसाधारणहरु समेतको आँखा परीक्षण गरिएको रोटरी क्लव कावासोतीका निर्वतमान अध्यक्ष भरत पोख्रेलले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले समाजमा भएका विकृति ,विसंगति, भए गरेका कार्यलाई समाजमा सुुसुचित गराउन महत्वपूर्ण भुमिका संचारकर्मी को रहने भएकाले आफु पनि स्वस्थ रहनु आवश्यक रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवशको अवसरमा शुभकामना दिदै सत्य तत्य र निश्पक्ष तवरले कलम चलाउन अनुरोध गर्नुभयो । समाजलाई सुसुचित गराउन कम्प्यूटर ल्याप्टप मा धेरै रहनुपर्ने र वातावरण प्रदुषणले आँखामा असर पुयाउने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

Related Post

Leave A Comment