Latest
img

जन्मदिनको अवसरमा बटुकहरुलाई भोजन

नवलपुर
लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका फस्ट भिपि लायन जगन्नाथ अर्यालले जन्मदिनको अवसरमा श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमका वटुकहरुलाई खाना खुवाएर जन्मदिन मनाउनुभएको छ । गैडाकोट नगरपालिका १० मा रहेको कोटीहोम आश्रममा सञ्चालित योगी नरहरिनाथ संस्कृत गुरुकुलममा अध्ययनरत समावेशी २३ जना बटुकहरुलाई भोजन गराउनुभएको हो । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आर का डिस्ट्रिक सेक्रेटरी लायन राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा गुरुकुलममा अध्ययनरत बटुकहरुसंग जन्मदिन मनाउन पाउदा लायन अर्यालले खुसी व्यक्त गर्नुभयो ।

२०४५ सालमा स्थापना गरिएको श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रममा दुई वर्ष देखि योगी नरहरिनाथ अध्यात्म विज्ञान गीतापाठशाला शुरु गरिएको हो । कार्यक्रममा लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका अध्यक्ष टि एम पौडेलले विद्वता जन्मले होइन कर्मले गर्नुपर्छ भन्ने योगी नरहरिनाथको संकल्प र सोहि अनुसार संचालित कोटीहोम आश्रममा क्लवले सहयोग गर्न पाउदा खुसी लागेको बताउनुभयो । अनाथ र असहाय वालवालिकाहरु शिक्षाबाट बञ्चित नहुन भनि बैदिक परम्परा,धर्म र विज्ञान संग जोड्नि संचालन गरिएको गीतापाठशाला समाज रुपान्तरणमा सिकाईको केन्द्र बन्ने लायन पौडेलले बताउनुभयो ।

आश्रममा अहिले वैदिक कृषि, गौ संरक्षण र गुरुकुलम संचालन गरिएको छ । यहां कक्षा ६ र ७ मा अध्ययन गर्ने २३ जना बटुकहरु रहेका छन । भौतिक पूर्वाधारको अभावमा गुरुकुलम संचालनमा समस्या भएको योगाचार्य योगी खेचरनाथ (यदुनाथ पोखरेल) पीठाधीसले बताउनुभयो । कार्यक्रममा आश्रमका अध्यक्ष मनोहरि कंडेल, जोन चियर पर्सन लायन शरद खरेल सरोज, लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन क्लवका सचिव सुनील न्यौपानेले गर्नुभएको थियो ।

Related Post

Leave A Comment