Latest
img

विपन्न परिवारलाई निःशुल्क धारा वितरण

कावासोती- पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार २० घर विपन्न परिवारलाई निःशुल्क धारा वितरण गरेको छ । कावासोती नगर प्रमुख विष्णु भुसाल , संस्थाका अध्यक्ष दिपकराज लम्साल, खानेपानीका पूर्व अध्यक्ष भिम कंडेल लगाएत सम्पुर्ण पदाधिकारीले संयुक्तरुपमा धारा हस्तान्तरण गर्नुभएको थियो ।

धारा जडान, मिटर बक्स, पाइप लगायत जडान गर्दासम्म निःशुल्क हुने गरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपकराज लम्सालले बताउनु भयो । उहाँले गत वर्ष १० घर विपन्न परिवारलाई धारा वितरण गरेको बताउनु भयो । निशुल्क धारा पाँउ भनि ५१ घरपरिवारले निवेदन दिएको भएपनि अति विपन्न परिवार छनोट गरि यस वर्ष २० जनालाई धारा वितरण गरिएको हो । बाकी घरपरिवारलाई पनि वितरण गर्दै जाने उहाँले बताउनु भयो ।

कावासोती नगरपालिका वडा नं ५ का खेम बहादुर थापा निशुल्क धारा वितरणमा आफु पनि छनोट हुदा खुसी व्यक्त गर्नु भयो । अहिले सम्म आफ्नो धारा नहुदा समस्या भएको दिनहुँ अरुको धारामा पानी लिन कुर्नु पर्ने समस्या हटेको बताउनु भयो । उहाँले भन्नुभयो “अरुको धाराबाट पानी खाने र आफुले प्रयोग गर्दा लाग्ने आधा शुल्क तिर्ने गर्दा धेरै समस्या भएको गुनासो गर्नुभयो ।”उहाँ जस्तै कावासोती नगरपालिका वडा नं ९ का रेस कुमारी महतोले पनि आफ्नो धारा नहुदा अरुको धाराबाट सवा मिटर बाट शुल्क तिर्ने गरेको र अहिले आफ्नै घरमा धारा जडान गर्न पाउदा खुसी लागेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै खानेपानीका पूर्व अध्यक्ष भिम कंडेलले स्वच्छ र सफा पानी पाउनु सवैको अधिकार भएको र २० देखि ४० प्रतिशत पानी चुवावट हुने गरेको बताउनु भयो । विविध कारणले पानी चुवावट भएकाले यसतर्फ सवै लाभग्राही सचेत हुनु पर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रममा नगरप्रमुख विष्णु् भुसालले कावासोतीका बासिन्दा कोहि पनि सफा खानेपानी बाट वञ्चित हुन नहुने भन्दै सवै वडासग सहकार्य गरि धारा वितरण गर्न सहयोग गर्ने बताउनु भयो । धारा वितरण कार्यक्रमको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

Related Post

Leave A Comment