Latest
img

कोभिड संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमण अझै केही दिन बढ्ने बताए। ‘अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,’ उनले भने, ‘त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुपर्छ।’

संक्रमण अझै बढ्ने भएकाले कोरोना भाइरसविरूद्धको खोप लगाउन पनि आग्रह गरेको छ। केही दिनयता कोरोना संक्रमण उकालो लागेको छ। सोमबार एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै, सोमबार २९ जना उपचार गरी घर फर्किएका छन्। अहिलेसम्म सक्रिय संक्रमित संख्या चार सय ४४ पुगेको छ।

काठमाडौं उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन्। छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ नेपालमा देखापरेको छ। शून्यमा झरेको संक्रमण नेपाल-भारत खुला सिमानाका कारणले फैलिएको मन्त्रालयले जनाएको छ। रासस

Related Post

Leave A Comment