Latest
img

काँग्रेस नेता करुणासागर सुवेदीले दिए पार्टीबाट राजिनामा ।

गैँडाकोट । गैँडाकोट ८ का नेपाली काँग्रेसका नेता करुणासागर सुवेदीले नेपाली काँग्रेस पार्टी परित्याग गर्नुभएको छ । साढे ३ दशक लामो नेपाली काँग्रेससंगको यात्रालाई सुवेदीले पूर्णविराम दिनुभएको छ । विहिबार नेपाली काँग्रेस गैँडाकोटको पार्टी कार्यालयमा नगरसभापति समक्ष उहाँले राजनीतिक छोडपत्र (पोलिटिकल डिभोर्स लेटर) बुझाउनुभएको छ । नेपाली काँग्रेसभित्र युवा भिजनको कदर र अवसर प्राप्त नहुने देखेर नेपाली काँग्रेस परित्याग गरेको नेता सुवेदीले बताउनुभयो ।

नेपाली काँग्रेस परित्याग गरेका नेता सुवेदीले तत्काल आफू स्वतन्त्र रहने बताउनुभएको छ । विचार सिद्धान्त र आदर्श मिल्ने राजनैतिक दलमा आगामी दिनमा प्रवेश गर्ने सुवेदीले बताउनुभएको छ । स्रोतका अनुसार उहाँको अबको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीसंग नजिक हुने देखिएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा राजिनामा पत्र बुझाएपछि पत्रकारसम्मेलन गर्दै सुवेदीले नयाँ दलमा आवद्ध हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ । तीन दशक नेपाली काँग्रेसमा विताएका नेता सुवेदीले नेपाल विद्यार्थी संघ, तरुणदल, नेपाली काँग्रेस जिल्ला तहमा रहेर काम गरिसक्नुभएको थियो ।

Related Post

Leave A Comment