चैत्र ३०, २०७९ बिहिबार
काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित र जिम्मेवार बनाउन बुधवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखिकरणमा भच्र्युुल र प्रत्यक्ष सहभागीसहित २८ नयाँ अनलाइनका सम्पादक, प्रकाशक सहभागी भए ।
पत्रकार आचारसंहिता, विभिन्न सञ्चार निर्देशिकाबारे नयाँ अनलाइनमा आवद्ध पत्रकारलाई सूचित गराउने उद्देश्यले कार्यक्रम राखिएको हो ।
कार्यक्रमबारे बोल्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विषयवस्तु र प्रस्तुतिका कारण समाजमा को पत्रकार हो , को होइन् भन्ने अन्योल बढ्न थालेको भन्दै अनलाइन सञ्चारमाध्यम जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
अनलाइनका सङ्ख्या बढ्ने, समाचारको प्रस्तुति भने फितलो हुँदै गएको छ । पत्रकारिता भन्दा बाहिरी पृष्ठभूमि बोकेकाहरूले अनलाइन चलाउँदा समस्या झन् थपिएको छ , बस्नेतले भन्नुभयो, यी समस्या निराकरण गरी स्वच्छ र मर्यादित पत्रकारिताको विकास गर्न अभिमुखीकरण कक्षा थालिएको हो ।
बुधवारको कक्षामा विज्ञ पत्रकारका रूपमा लोकान्तर डट कमका सम्पादक विमल गौतमले आचारसंहिता केन्द्रित रही प्रस्तुति राख्ननुभएको थियो । त्यसक्रममा गौतमले अनलाइन र युट्युवलाई व्यवस्थित बनाउन काउन्सिलले चालेको कदमले सबैको ध्यानआकृष्ट गरेको बताउनुभयो ।
अनलाइनलाई मात्र होइन, युट्युवलाई पनि व्यापक कक्षा दिइनुपर्ने अवस्था छ । काउन्सिलले थप सक्रियता देखाउनुपर्छ, उहाँले भन्नुभयो ।
अभिमुखीकरणको दोस्रो सत्रका क्रममा काउन्सिल सदस्य शरद अधिकारीले विभिन्न सञ्चार निर्देशिकाहरुको विषयमा जानकारी गराउनु भएको थियो ।
Leave A Comment