Latest
img

लगानीको वातावरण बनाएर निजी क्षेत्रलाई अघि बढाउँछु : नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई समय सापेक्ष हुने गरि नीति परिवर्तन गर्दै लगानीको वातावरण बनाएर अगाडि बढाउने बताएका छन् ।

बिहीबार निर्वाचित भएपछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै उनले तत्काल देखिएको व्याजदर र तरलताको समस्यालाई सम्बोधन गर्न भूमिका खेल्ने बताए ।

‘तत्कालीन समस्या भनेको व्याजदर र लगानीको समस्या हो,यसलाई तत्काल नै समाधान गर्नुपर्ने छ । नत्र व्यवसायीहरु धरापमा पर्छन् । स्वदेशी पूँजी मात्रैले पुग्दैन् विदेशी पूँजी भित्र्याउनु पर्ने छ । सरकार र निजी क्षेत्रले पूँजी ल्याउने वातावरण बनाउने र उद्योग व्यवसायका लागि पूर्वाधारको व्यवस्था गर्नुपर्ने आवस्यकता छ ।’ श्रेष्ठले भने ।

उनले आगामी दुई गते बस्ने कार्यसमितिको बैठकमा उद्योगी व्यवसायीको समस्यालाई समाधान गर्ने गरि कार्ययोजना बनाएर छलफल गर्ने बताए ।

बुधवार बरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचनमा भएको त्रिपक्षीय प्रतिष्पर्धामा रामचन्द्र संघई पहिलो चरणबाट बाहिरिएपछि अञ्जनलाई अर्का प्रतिष्पर्धी उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पद छोडेका हुन् ।
दोस्रो चरणामा उमेशलालले अञ्जनलाई समर्थन दिएपछि उनी निर्विरोध निर्वाचित भए ।

Related Post

Leave A Comment