Latest
img

नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ

प्रेम क्षेत्री

गैंडाकोट – नयाँ वर्षको अवसरमा सहमति संस्थाले नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ गरेको छ । शुक्रबार गैंडाकोट २ नारायणी नदी किनारमा नारायणी संरक्षण वर्ष २०८० को पावन अवसरमा सहमति संस्थाले नारायणी नदी सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमका वक्ताहरूले नदी सभ्यताबारे बोल्दै पानी मानव जीवनमा अत्यावश्यक रहेकोले यसको संरक्षण र सुरक्षीत प्रयोगमा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका पुर्व नगर प्रमुख छत्रराज पौडेलले नदीको संरक्षणमा आफ्नो कार्यकालमा धेरै काम भएको बताउदै अबपनी संरक्षणमा सबै जुट्नु पर्ने बताउनुभयो । गैंडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले नारायणी नदी पर्यटकीय आकर्षणको केन्द्र रहेकोले नगरपालिकाको तर्फबाट पनि सहयोग रहने बताउनुभयो । सहमतिका सल्लाहकार संयोजक भिम शर्माले सहमतिले संरक्षण वर्षका रूपमा मनाउनु र अक्षयकोष स्थापना गर्नु नै महत्त्वपूर्ण कुरा भएको बताउनुभयो ।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले नारायणी नदी र पानी संरक्षणमा जुट्न सबैलाई आह्वान गर्दै संस्थाको आन्तरिक कार्यक्रम अन्तर्गत वर्षभरी संरक्षणका कार्यक्रम गरिने बताउनुभयो । सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले नारायणी नदिको दीगो संरक्षण गर्दै सुरु गरिएको यो ५० औं सरसफाइको कार्यक्रम भएको जानकारी दिनुभयो । सहमतिको सिमसार क्षेत्र पुनर्स्थापना र नारायणी तटीय सामुहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बास्ताकोटीले पानीको महत्त्वबारे आम जनमानसमा जानकारी गराउदै यसको संरक्षणमा जागरुक गराउदै आएको र यो निरन्तर चलिरहने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर सभापति बद्री सापकोटा, गैंडाकोट प्रज्ञा प्रतिस्ठानका नगर उपकुलपति गोविन्दराज विनोदी, जनप्रतिनिधि, संरक्षणकर्मी, खानेपानी, वनका प्रतिनिधि एवं गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।

सहमतिको परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग समेत गर्दै आएको परियोजनाका सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिनुभयो । सो अवसरमा नदी किनारमा सरसफाइ गर्नुका साथै सरसफाइ बारे चेतनामूलक प्ले कार्ड टागिएको थियो ।

Related Post

Leave A Comment