Latest
img

आज बरुथिनि एकादशी

नवलपुर । आज बरुथिनि एकादशी रहेको छ । वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । शास्त्रअनुसार भूमि दान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ । यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्त्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानलाई महत्त्व दिइन्छ ।

युधिष्ठिरले श्रीकृष्णजीलाई वैशाख कृष्ण पक्षमा पर्ने एकादशीकोको महिमा बताउनुभएको थियो ।

वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वता वर्तीलाई सुख शान्ति हुने मात्र नभई समस्त पापको नाश भई नाना प्रकारको सौभाग्यको प्राप्त हुन्छ । विधवा स्त्रीले पनि वरूथिनी एकादशीको व्रत बस्नाले सुख शान्ति पाएर भाग्यमानी हुन्छिन् । यस एकादशीको व्रत लिनाले मनुष्यहरूको सारा पापलाई नाश गरिदिन्छ र गर्भवासीको दुःखलाई छुटाई दिन्छ ।

कुरुक्षेत्रमा सूर्य ग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता छ ।

यस एकादशीको व्रत बस्न अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नुपर्छ भन्ने मान्यता छ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्छ ।

यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्युपछि सिँधै वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास रहेको छ । हाम्रो पात्रोबाट

Related Post

Leave A Comment